नियम ८४
संयुक्त उपक्रमको योग्यताको आधार
(१) कुनै खरिद कारबाहीमा भाग लिने
प्रयोजनको लागि बोलपत्रदाताहरुले एक संयुक्त उपक्रम बनाई बोलपत्र पेश गर्न
सक्नेछन् ।
तर एक बोलपत्रदाताले संयुक्त उपक्रमको साझेदार वा व्यक्तिगत मध्ये कुनै
एउटा मात्र बोलपत्र पेश गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको संयुक्त उपक्रममा रहने साझेदारको न्यूनतम
हिस्सा र मुख्य साझेदार र अन्य साझेदारको न्यूनतम योग्यता बोलपत्र सम्बन्धी
कागजातमा तोक्न सकिनेछ ।
(३) उपनियम (२) बमोजिमको योग्यताको आधार निर्धारण गर्दा त्यस्तो
उपक्रममा रहने साझेदारको सम्बन्धमा देहायका कुरा विचार गरी निर्धारण गर्नु पर्नेछ ः–
(क) निजको सरदर वार्षिक कारोवार,
(ख) निजको विशेष अनुभव र सम्पादन गरेको प्रमुख कार्य,
(ग) निर्माण कार्य सञ्चालन गर्न निजस“ग भएको नगद प्रवाह,
(घ) निजको जनशक्ति सम्बन्धी क्षमता,
(ङ) निजको औजार वा उपकरण सम्बन्धी क्षमता ।
(४) कुनै संयुक्त उपक्रमले बोलपत्र सम्बन्धी कागजातमा उल्लिखित न्यूनतम
योग्यताका आधारहरु पूरा गरे नगरेको एकिन गर्नको लागि त्यस्तो उपक्रमको सबै
साझेदारको योग्यता गणना गर्नु पर्नेछ ।
(५) संयुक्त उपक्रमको साझेदारको व्यक्तिगत योग्यताको आधार निर्धारण गर्दा
देहायका कुरा विचार गरी निर्धारण गर्नु पर्नेछ ः—
(क) सम्बन्धित काममा निजको सामान्य अनुभव,
(ख) अन्य सम्झौता बमोजिम निजले गरी रहेको वा गर्ने काम पूरा गर्न
स्रोतको पर्याप्तता,
(ग) वित्तीय सक्षमता,
(घ) विगतका खरिद सम्बन्धी मुद्दा मामिला र सोको नतिजा ।
(६) कुनै संयुक्त उपक्रम खरिद सम्झौताको लागि छनौट भएमा सम्बन्धित
स्थानीय निकायले त्यस्तो संयुक्त उपक्रमलाई त्यस्तो उपक्रमको संयुक्त दायित्व र
संयुक्त उपक्रमका साझेदारको व्यक्तिगत दायित्व समेत रहने गरी आन्तरिक राजस्व
कार्यालयमा स्थायी लेखा नम्बर र मूल्य अभिबृद्धि कर दर्ता गर्न लगाउनु पर्नेछ ।
(७) कुनै संयुक्त उपक्रमले बोलपत्र पेश गर्दा बोलपत्र जमानत समेत पेश गर्नु
पर्ने भएमा त्यस्तो बोलपत्र जमानत उपनियम (१) बमोजिमको संयुक्त उपक्रमका सवै
साझेदारको नाममा र सबै साझेदारको दायित्व हुने गरीे जारी गरिएको हुनु पर्नेछ ।
(८) संयुक्त उपक्रम सम्बन्धी अन्य शर्त बोलपत्र सम्बन्धी कागजातमा उल्लेख
भए बमोजिम हुनेछ ।